हामी प्रतिगमनका बाहकबाट मुक्ति चाहन्छौं : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको बताएका छन् । आफूहरुको कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उनले बताए ।

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुसँग सहकार्य गर्न चाहेको बताए । जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन, उनले भने, कि हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, सँगै जाऊ । नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं । हामी प्रतिगमनका बाहकबाट मुक्ति चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्