लालबाबु पण्डितले भने : ‘म कुनै समूहमा होइन, पार्टी एकतामा लागिरहेको छु’



काठमाडौं । नेकपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद लालबाबु पण्डितले नेकपाको विभाजनमा आफू कुनै समुहमा नलागेको स्पष्ट पारेका छन् ।

सांसद पण्डितले आफू पार्टी एकताको लागि लागिरहेको बताए ।

‘म अहिले पनि पार्टी एकता सम्भव छ भनेर लागिरहेको छु । किनकी पार्टी अझै विभाजन भएको छैन ।’ २०७७ सम्म पार्टी एक हुन्छ भनेर मेरो ब्रह्मले भनेको छ, उनले भने, ‘अहिले म प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव रोक्न लागिरहेको छु । रोक्न सकिएन भने त्यसपछि मात्रै मैले निर्णय लिन्छु ।’

कुनै पनि समूहले बोलाएको संसदीय दलको बैठकमा आफू नजानेसमेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्