सरकारसँग वार्ता गर्न विप्लवको नेतृत्वमा वार्ता टोली गठन



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

विप्लवनिकट एक नेताले दिएको जानकारीअनुसार विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आजै केहिबेरपछि सार्वजनिक गरिँदैछ।

सरकारले आज मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा तीन–सदस्यीय वार्ता टोली गठन गरेको छ।

‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले भने । अन्य सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन् ।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्