ताप्लेजुङको दोभान बजारमा आगलागी



काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागि भएको हो ।

आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

उनले भने, आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैँ त्यहाँ जाँदै छु ।

आगलागीको कारण खुलेको छैन । आगोले पु¥याएको क्षतिको विवरण पनि आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्