पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किंदै



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुरमा भट्टराई आज मंगलबार नेपाल वायुसेवाको जहाजबाट स्वदेश फर्किंदै छन् । भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएसँगै स्वास्थ्य परीक्षण पूरा गरी आज फर्कंन लागेका हुन् ।

भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएपनि पेटमा देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी शल्यक्रियाद्धारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्