प्रधानमन्त्री ओली झापा र मोरङ जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए ।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न अ‍ोली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सञ्चालन गरेको क्यान्सर अस्पताल तीन सय सय्या क्षमताको छ ।

प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका ७ मा विपन्न परिवारक लागि निर्मित एकीकृत वस्ती पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् । ७ धुर जग्गाहितको घर विपन्न परिवारले पाउने छन्, शिवाकोटीले भने ।

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्