प्रधानमन्त्री ओलीसँग कुनै पनि नैतिकता र इमान छैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमा सम्पूर्ण रुपमा पतन नहुञ्जेल बेइमानी र प्रतिक्रियावादी पात्र देखिएको बताएका छन् ।

नेपाल कर्मचारी राष्ट्रिय महासंघको साधारणसभामा बोल्दै सोमबार दाहालले ओलीसँग कुनै पनि नैतिकता र इमान नरहेको बताए ।

‘संसारको परम्परा र नजिर हाम्रै अगाडि छ, यस्तो अलोकतान्त्रिक कदम खारेज भएपछि त राजीनामा दिनुपर्ने हो,’ दाहालले भने, ‘केपीजीको कुरा सुन्छु म, म झन् बलियो भएँ, जितेँ भनेजस्तो, हारेपछि बलियो हुने क्या, त्यस्तो नि हुन्छ ?’ दाहालले अब के गर्न बाँकी छ ओलीजी भन्दै प्रश्न पनि गरे ।

दाहालले पार्टी एकताको प्रसंग निकाल्दै ओलीमा इमानदारी, वैचारिक निष्ठा, जिम्मेवारीबोध केही पनि नरहेकाले उनीको बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा संघर्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस्