प्रचण्ड-माधवलाई गृहमन्त्री थापाको आग्रह : अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउनुस्



पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पु¥याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड-माधव समूह सच्चिने यो अन्तिम अवसर भएको समेत बताए ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।

प्रचण्डको साथ छोडेर ओली समूहमा लागेका थापाले भने, तपाईहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ ।

गत भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन थापाले प्रचण्ड–माधव समूहलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्