प्रचण्ड–नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

भोली मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो ।

संसद् पुनस्र्थापना भएपछि भने पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । पार्टीको आगामी भूमिका कस्तो हुनेछ भन्नेबारे निर्णय लिन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो, केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

यो समूहका नेताहरु नयाँ सरकार निर्माण र निर्वाचन आयोगमा पार्टी वैधानिकता दावीमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्