सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन



काठमाडौं । गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिक अधिकारकर्मी र पीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो ।

बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन् । प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्