स्थायी कमिटी बैठक बोलाउने प्रचण्ड-माधव समूहको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहले तत्कालै स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुबै बैठकको मिति भने तोकिएको छैन ।

साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्त्री विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई अनुरोध गरेको छ । निर्वाचन आयोगलाई पार्टीको आधिकारिकतासम्बन्धी जो हाम्रो दाबी छ त्यसका बारेमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गरेका छौं, प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्