विप्लव समूहका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ



काठमाडौं । महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी सर्लाही इञ्चार्ज समातिएका छन् ।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई प्रकाउ गरेको हो ।

आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्रउ गरेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राअ‍ेका सुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो । उनी प्रहरीको खोजीमा थिए ।

प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यलयमा राखे पनि यसबारे विस्तृत जानकारी दिएको छ ।

महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुसलिङ पक्राउ परेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्