प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक शुरु भएको हो ।

संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।

अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् । तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठक बसेका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्