प्रधानमन्त्री ओली आज पोखरा जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।

नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली जहाजमार्फत सोमबार करिब बिहान ११ बजे पोखरा जाँदैछन् ।

प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेका प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ । उक्त प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ ।

यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

प्रतिक्रिया दिनुहोस्