विप्लव समूहसँग छिट्टै सहमति हुन्छ : प्रधानमन्त्री ओली



झापा । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्धारा समाधान गर्नेछौं । उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं संवादलाई अघि बढाएका छन् । प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् ।

तर, अदालतले संसद पुनस्र्थापना गर्ने आदेश दिएसँगै समूहसँगको संवादको प्रयास रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्