अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड आज सर्वोच्च अदालत जाँदै



काठमाडौं । नेपाल प्रचण्ड–माधव समूहका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत जाँदै छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्रै आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखों लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ, भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्