
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लागेका छन् ।
जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर–५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले आज नेपाल चीन औद्योगिक पार्क शिलान्यास गर्ने नेकपा झापाका नेता चिन्तक पाठकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले रतुवा खोलमा बनेका पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ ।
प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन् ।





