‘ओली पक्षले सांसद खरिदका लागि सुटकेश बोकेर हिड्न थाल्यो’ : नारायणकाजी श्रेष्ठ



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले ओली पक्षले सत्तामा टाँसिरहने नियतका साथ सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा बोकेर हिड्न थालेको आरोप पनि लगाएका छन् ।

शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताएका हुन् ।

उनले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस, जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

प्रतिक्रिया दिनुहोस्