नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न संयुक्त राष्ट्रसंघको सिफारिस



संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि सिफारिस गरेको छ । यो सिफारिस ५ बर्षमा अर्थात सन् २०२६ देखि लागू हुने बताइएको छ।

नेपाललाई विकासशील राष्ट्र हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने योजनाक भैरहेको छ । यस सिफारिसले ठूलो भरोसा प्रदान गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।

राष्ट्रसंघीय विकास नीति कमिटी (सिडिपी)ले हरेक तीन वर्षमा गर्ने समिक्षात्मक विश्लेषण यहि वर्षको फेब्रुअरी २२ देखि २६ सम्म गरेको थियो । सो समिक्षामा नेपालले अल्पविकसितबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने मापदण्ड पूरा गरेको जनाइएको छ ।

स्तरोन्नतिका मुख्य मापदण्डहरु प्रतिव्यक्ति आय, मान विकास सूचकांक र आर्थिक जोखिम सूचकांक हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएका मापदण्ड पुरा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्