कलंकित पिता : जसले घरमा कोही नभएको मौका छोपेर आफ्नै ५ बर्षकी छोरीको गरे बलात्कार



कपिलवस्तुमा शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बर्षका बाबुले आफ्नै ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले उनलाई पक्राउ गरेका छन् ।

घरमा आमा नभएको मौका छोपेर बाबुले आफ्नै छोरीको बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमखु प्रहरी निरक्षक दिपेश खरेलका अनुसार फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्