गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा (सुचिसहित)



काठमाडौं । गृह मन्त्रालयले व्यापक रुपमा सह सचिव र उपसचिव (सिडिओ)हरुको हेरफेर गरेको छ । शुक्रबार गृह मन्त्री रामबहादुर थापाले २५ जना सहसचिव र २७ उपसचिवको सरुवा गर्ने निर्णय गरेका हुन् ।

गृह मन्त्रालयका अनुसार सुनसरीमा उमेशकुमार ढकालको सरुवा भएको छ । उनी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सप्तरी सरुवा भएको छ ।

गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमको कास्की सरुवा भएको छ ।

ज्ञानप्रसाद ढकालको धादिङ, तुलसीराम सेढाइँको उदयपुर, अरुण पोखरेलको सिन्धुपाल्चोक, तीर्थराज भट्टराईको महोत्तरी, शालिग्राम शर्मा पौडेलको गोरखा सरुवा भएको छ । सर्लाहीमा नारायणप्रसाद भट्ट र सुरेन्द्र पौडेलको बारा सरुवा भएको छ ।

यसैगरी, उपसचिव ध्रुवबहादुर खड्काको इलाम, बन्दना राईको ओखलढुंगा , लीलाधर अधिकारीको चितवन, झंकनाथ ढकालको अध्यागन विभाग, उमाकान्त अधिकारीको काठमाडौं प्रशासन कार्यालय सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्