नेता जोशीको मस्तिष्कमा परेको रगत निकालियो, अझै ४८ घण्टा निगरानी गरिने



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो ।

उपचारका लागि सुरुमा उनलाई वीर अस्पताल पु¥याइएको थियो । त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल सारियो ।

मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरुले बताएका छन् ।

उहाँलाई ब्रेन ह्यामरेज भएको छ । अवस्था चिन्ताजनक नै छ, नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने, ड्रेन गरेर मस्तिष्कघातबाट रगत निकालिएको छ । ‘

जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो । नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन् ।

केस क्रिटिकल छ । ४८ घण्टा हेरौं । अहिले केही भन्न सकिन्न । निर्देशक सिंहले भने । नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्