मृत अवस्थामा फेला



काठमाडौं । झापा, अर्जुनधारा नगरपालिका-५ ठाकुर मन्दिर पछाडी सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा सोही उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशब बिक सुनार बिहीबार मृत अवस्थामा
फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्