अवैध लागूऔषध सहित पक्राउ



म्याग्दी । मालिका गाउँपालिका–२ रुम भिरखर्क बस्ने ३४ वर्षीय होम बहादुर पुनलाई करिब १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पुनले बाख्राको खोरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका–६ मेची पुलबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–९ बस्ने २५ वर्षीय रोशन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी सोही पुलबाट अबैध लागूऔषध ५ ग्राम खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ सहित विर्तामोड नगरपालिका–३ बस्ने २१ वर्षीय उदय कुमार साहलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बिहीबार छुट्टाछुट्टै समयमा उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

तनहुँ, ब्यास नगरपालिका–१२ कमलबारीबाट करिब १ किलो ६ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२६ सुन्दरी बजार बस्ने गोरखा घर भएका १७ वर्षीय किशोर र कास्की महानगरपालिका–६६ बुढीबजार बस्ने पर्वत घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

ग.१७ प ४५१६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलबाट करिब २ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र करिब १ ग्राम १ सय ४० मिलिग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका–१० बस्ने ३० वर्षीय महेश बिष्ट र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय पुष्पमणि थापा रहेका छन् ।

से.२ प ३० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक बिष्ट र मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एकनाले भरुवा बन्दुक सहित पक्राउ

पुतलीबजार नगरपालिका–२ राङडान बस्ने ६९ वर्षीय डिल बहादुर गुरुङलाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भन्सार छली ल्याएको विभिन्न कपडा बरामद

भिमदत्त नगरपालिका–४ बसपार्क नजिक सडकबाट करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार छलि ल्याएको विभिन्न लत्ताकपडा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो सडकमा उक्त लत्ताकपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्