हजुरबुबाले सम्पत्ति बेचेर दिएको पैसाले सर्जरी गरेर जुम्ल्याहा दाजुभाइ बने दिदीबहिनी



ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाई शल्यक्रियापछि दिदीबहिनी बनेका छन् । १९ बर्षका यी जुम्ल्याहाले सानो उमेरदेखि नै आफू केटा भएको महशुस नै गर्दैनथे । केटी बन्न मन लागेकाले यी दुईले शल्यक्रिया गर्ने निर्णय लिएका हुन् र अहिले यी दुई पूर्ण रुपमा केटी नै बनिसकेका छन् । यी दुईको नाम मायला र सोफिया हो ।

सुरुमा त केटी भएर समाजमा आउन नै यी दुईलाई गाह्रो भयो । त्यहि त हो, यहाँ कुरा काट्नेको कमी नै हुदैँन । यी दाजुभाई दिदीबहिनी बनेपछि धेरैले उनीहरुको मजाक पनि उडाएका थिए ।

ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो । यो शल्यक्रियाको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् ।

सोफियाले भनिन्, ‘हाम्रो निर्णयमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा मजाक उडाउन सक्ने र हामीलाई उत्पीडन गर्न सक्ने डरले निकै सताउँथ्यो । मेरा हजुरबुवाले शल्यक्रियाका लागि पैसा दिएका थिए । २० हजार डलरको यो शल्यक्रियाका लागि उनले आफ्नो सम्पत्ति बेचिदिएका थिए ।’

प्रतिक्रिया दिनुहोस्