बालाजु सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन



काठमाडौं । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

बालाजुर सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित प्रदर्शन सहभागी थिए । अभियानकर्मीहरुले विकासको नाममा प्रतिगमन लेखिएको ब्यानर बोकेको थिए ।

उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुमध्ये विरोचन श्रेष्ठ र सुमन सायमीलाई प्रहरीले नियन्त्रण्मा लिएकालो उनीहरुलाई तत्काल रिहाइको माग गरे ।

सम्पदा बचाउन माग गर्दै उनीहरु माइतीघर मण्डलाबाट कमलपोखरी पनि पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस्