
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्किष्कघात भएको छ । शरीरको देब्रेपट्टि समस्या देखिएपछि बिहीबार राति नै वीर अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई आज बिहान थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अहिले उनको नर्भिक अस्पतालमा शल्यक्रियाको तयारी गरिएको छ ।





