कस्तो निर्दयी आमा ! जसले ट्वाइलेटमा बच्चा जन्माएर गाडिन्



काठमाडौं । जन्मदिने आमा कति हृदयी वा निर्दयी हुन सक्लान् ? आमाको न्यानो माया पाउनेहरुलाई आमाको हृदयी मनको महसुस हुन्छ। तर ताप्लेजुङमा भने अवैध नवजात शिशुलाई जन्माइ कर्तव्य गरी मार्ने आमालाई प्रहरीले एकसाथ पक्राउ गरेपछि निर्दयी आमा कस्ता होलान् भनेर जान्न कठिन भएन। फागुन ११ गते सुनसरीको गढी गाउँपालिका ३ की चन्दनकुमारी साह नजिकैको मेडिकल हलमा पुगेकी थिइन् । प्रहरीका अनुसार पेट दुखेपछि उनी बुवा हरिनारायण साहसँग गढी मेडिकल हलमा गएकी हुन् ।

दिउँसो सवा २ बजेतिर गढी मेडिकलका अहेबले चन्दनकुमारी गर्भवती रहेको र व्यथा लागेको भनेका थिए । उपचार सुरु हुने क्रममै थियो । यतिकैमा चन्दनकुमारी ट्वाइलेट जान्छु भन्न थालिन् ।

मेडिकलको ट्वाइलेटमा उनी पसिन् । करिब आधा घण्टा ट्वाइलेटबाट निस्किनन् । प्रहरीका अनुसार उनले ट्वाइलेटभित्रै शिशु जन्माएकी थिइन् ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नायब निरीक्षक रमेह कार्कीका अनुसार ट्वाइलेटअगाडि फालिएको खरानी र माटोको थुप्रो खोस्रेर उनले शिशु गाड्दै थिइन् ।

शिशु निकालेर जिल्ला अस्पताल इनरुवा लगे । प्रहरीलाई खबर गरे । इनरुवा अस्पताल पु¥याउँदा शिशुको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो । डाक्टरले त्यहाँ उपचार सम्भव हुन नसक्ने बताए ।

अस्पतालको रिफर गरेपछि शिशुलाई विराटनगरस्थित टिचिङ अस्पताल लगियो । तर, त्यहाँ पु¥याएको केही समयमै शिशुको मृत्यु भयो ।

प्रहरीले चन्दनकुमारीलाई त्यसअघि नै पक्राउ गरिसकेको थियो । धेरै नै रक्तश्राव भएपछि त्यही दिनबाट उनलाई विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

हामीले घटनको अनुसन्धान नै गर्न पाएका छैनौं, सई कार्कीले भने । कार्कीका अनुसार सामान्य परिवारकी चन्दनकुमारी अविवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्