राजदूत रेग्मी र विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयतको सपथ खुवाएकी हुन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्