देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरुको बैठक



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बोलाइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधिसभाको पुनस्र्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका अन्य वरिष्ठ नेताहरु तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्