विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE)तालिम सम्पन्न



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सम्पन्न भएको छ । नगरपालिकाका नवनियुक्त नगर प्रहरीहरुलाई विपद प्रतिकार्य सम्बन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरापालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटिको समन्वयमा भएको ४ दिने तालिमको बुधबार समापन भएको हो ।

यस ४ दिनको अवधिमा सहभागि १८ नगर प्रहरीहरुलाई विपदका घटनाहरुमा आधारभुत जिवन सुरक्षा ज्ञान लगायत प्रमुख प्रतिकार्यको लागि आधारभुत तथा अभ्यास मुलक तालिम नगरपालिकाले प्रदान गरेको थियो ।

तालिम समापनका दिन शिक्षार्थिहरुले तालिम अवधि भर सिकेका विपद नियन्त्रण तथा प्रतिकार्य सिपहरुको अभ्यास प्रदर्शनी समेत गरका थिए । घर भित्र च्यापिका मानिसहरुलाई उद्दार, आगलागिका घटनामा प्रतिकार्य तरिका, पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने लगायत प्राथमिक उपचारका विधि र उद्दार गरिएका घाईतेहरुलाई सम्बन्धित स्थान अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरुको अभ्यास प्रदर्शन भएको थियो ।

नेपाल रेडक्रस सोसाईटिका विज्ञ प्रशिक्षकहरुले दिएको तालिममा सहभागि नगर प्रहरीहरुले तालिम अवधिभर अनुशासित र सकृय सहभागिता जनाएको र तालिमबाट सिकेको सिपहरुलाई विपदको स्थितिमा प्रतिकार्य गर्न तयार रहेको प्रशिक्षण संयोजक नवराज भण्डारीले बताए । उनले आफू नगरपालिकाकै स्थानिय भएकोले नगरप्रहरीहरुलाई तालिमका कुनै विषयमा अझै केही सिक्न चाहाने कौतुहलता भए व्यक्तिगत रुपमा सजिलै सम्पर्क गर्न सकिने समेत जानकारी गराए ।

तालिमको बुधबार भएको समापन कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, नेपाल रेडक्रस सोसाईटिका प्रशिक्षक संयोजक नवराज भण्डारी लगयात प्रशिक्षक संगिता महर्जन, कृष्ण प्रसाद अधिकारी, ईन्दिरा पौडेल, सन्तोष महर्जन, रमन कृष्ण महर्जनको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्