प्रचण्ड–माधवको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य : सूर्य थापा



काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर रहेको बताएका छन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा ओली समुहका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रचण्ड र नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने सम्भावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात असम्भव नै छ, उनले लेखेका छन्, यो गोरु व्याएर बिगौती खान खोदजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रममाले देखाएको अरु हेर्दै जाऔं ।

गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनःस्र्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्