फोनमा ‘हेल्लो’भन्ने चलन कसरी सुरुवात भयो ?



काठमाडौं । अहिलेको आधुनिक युगमा मोवाइल फोन सवैको हातमा छ । बालक देखि वुद्धसम्म तर पनि हामी सवैलाई यो मोवाइल फोनको बारेमा त्यति जानकारी हुँदैन हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ ।

आजको आधुनिक युगमा प्राय : हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीनामा अपरीहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबेले फोन उठाउने वित्तिकै पहिलो बोल्ने शब्द हो, हेल्लो । तर यो शब्द कसरी शुरु भयो भन्ने खुलदुली सवैलाई हुन्छ ।

अलेक्जेण्डर ग्राहम बेलले टेलीफोन आविष्कार शुरु गरेका थिए । यसका लागि उनले कडा मेहनत गरेका थिए । टेलीफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिलो साथी वाटसनसँग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलीफोनमा हेल्लो शब्द प्रयोग गरीदैन थियो ।

टेलीफोनको आविष्कारपछ क्रमशः यसको प्रयोग शुरु भयो । त्यसक्ममा मानिसहरुआर यू दियर भनेर कुराकानी शुरु गर्दर्थ । त्यस क्रममा थोमस एडिसनले एहोइ (Ahoy)शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्ने थाल्ने प्रस्ताव गरे । पिट्सवर्गको सेन्टङल डिस्ट्रिक्त एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपटि हेल्लो शब्द चलनचल्तीमा आयो ।

प्रतिक्रिया दिनुहोस्