
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर जाने प्रस्ताव राखेको छ ।
संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो, जसपा नेता राजेन्द्र महतोले भने, हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।
यसअघि प्रचण्ड–माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरको शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।





