फुटवादी गुटमा लाग्नुभएको कमरेडहरु मूल पार्टीमा फर्किनुहोस् : प्रचण्ड–नेपाल



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले ओली नेतृत्वको नेकपामा लागेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा फर्किन आह्वान गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा मुल पार्टीमा फर्किन समेत भनेको छ ।

जो–जो ओली समूहमा लाग्नुभएको थियो । नयाँ सन्दर्भमा पार्टीको फुटवादी गुटमा लाग्नुभएको कमरेडहरुलाई मूल पार्टीमा फर्किन आह्वान गरेका छौं, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, तत्कालको लक्ष्य प्रतिगमनलाई परास्त गरेर संविधानलाई लिकमा ल्याउने थियो । सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने निर्णय गरेकोले संघर्षका कार्यक्रमहरु स्थगित गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्