के अब प्रधानमन्त्री ओलीले राजीनामा दिँदैछन् त ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मंगलबार सर्वोच्चले उनलाई ठूलो धक्का दिएको छ । ५ पुसमा उनले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएको छ ।

सर्वोच्चले विघटित प्रतिनिधिसभा पुनस्र्थापना मात्र गरेको छैन, १३ दिनभित्र संसद बोलाउन प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश पनि दिएको छ ।

अर्कोतिर सर्वोच्चको निर्णय आएसँगै नेकपा प्रचण्ड–माधव समूह तथा कांग्रेसका विभिन्न नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा भए पनि राजीनामा दिनु पर्ने माग गरे पछि प्रधानमन्त्री ओलीले राजीनामा दिने तरर्खर गरेका हुन् ।

प्रधानमन्त्री ओली राजीनामा दिन तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो, प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्