प्रचण्ड–माधव पक्षले गरे काठमाडौंमा विजय र्‍याली (फोटोफिचर)



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड माधव नेपाल पक्षले काठमाडौंमा विजय र्‍याली निकालेको छ । काठमाडौंको शान्तिवाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्‍यालीसहित नगर परिक्रमा गरेका हुन् ।

र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्