प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बोलाइएको छ । राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाँडा बोलाइएको हो ।

राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।

संसद् विघटनको निर्णय सर्वोच्च आदलतले बदर गरेपछि चितवन पुगेका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्