प्रचण्ड–नेपाल देउवालाई भेट्न बूढानिलकण्ठ जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ जाने भएका छन् ।

देउवासँग प्रचण्ड–नेपालले आज भेट्ने कार्यक्रम छ । चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका छन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्र्थापना गरिदिएको थियो । यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे देउवासँग प्रचण्ड–नेपालले भेट्न लागेका छन् ।

देउवाको सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड–नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिए । उहाँहरुले भेट्न समय लिनुभएको छ । केहीबेरमा आउनुहोला, उनले भने ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड नेपाल पक्ष र नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्