ओली समूहको स्थायी समिति बैठक जारी, प्रचण्ड – माधव समुहद्धारा तत्काल राजीनामा दिन दवाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक सुरु भएको नेता सत्यनारायण मण्डलले जानकारी दिए।

सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल हुने नेता मण्डलले बताए।

 ‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ।’ 

सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्