
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् ।
बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलबार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए ।
काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्बोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ ।





