प्रचण्ड–नेपाल समूहले बोलाए संसदीय दलको बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएपछि संसदीय दलको आगामी योजनाबारे प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो ।

प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन गरि निर्वाचनमा जाने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्