संसद पुनस्र्थापना भयो भने मुलुकमा अस्थिरता : प्रधानमन्त्री अ‍ोली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भयो भने मुलुकमा अस्थिरता आउने दाबी गरेका छन् ।

कंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा भएको बताए । यदि संसद पुनस्र्थापना भयो भने प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने उनले बताए ।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ र प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् भन्नुहुन्छ । उहाँहरुको कुनै सम्भावना छ प्रधानमन्त्री हुने ? विल्कुल छैन । एक प्रतिशत पनि छैन ।

उनले अघि भने उहाँहरुले लडाई जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन ।’

प्रतिक्रिया दिनुहोस्