निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो



काठमाडौं । हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेको भएपनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा झरेको थियो । मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भएपनि खरिद गर्ने लगानीकर्ता भने शून्य छन् ।

प्रतिक्रिया दिनुहोस्