दक्षिण अफ्रिकाका लागि राजदूतमा विश्वकर्मा नियुक्त



काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत  नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज अतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्