नेकपा बागमती प्रदेश अध्यक्ष पोखरेलद्धारा गाडी तोडफोड गर्नेलाई कारबाहीको माग



काठमाडौं । नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको भन्दै उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाही साथै क्षतिपूर्तीको लागि नेकपा बागमती प्रदेश अध्यक्ष आनन्द प्रसाद पोखरेलले माग गरेका छन् ।

बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलले खेद वक्तव्य जारी गर्दै आतंककारी गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाहीका साथै भौतिक क्षतिको क्षतिपूर्तीको माग गरेका हुन् । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका – ५ नम्बर वडा कमिटी विस्तार गर्ने कार्यक्रमका लागि त्यहाँ पुगेका केन्द्रिय नेताहरू चुडामणि गौतम, रीता ढकाल, प्रकाश गौतम बास बसेको घर नजिकै रोकि राखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको थियो ।

वक्तव्यमा भनिएको छ, जनतामा त्रास फैलाउने र सांघातिक आक्रमणको घोर भत्र्सना गर्दै आतंककारी गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाहीका साथै भौतिक क्षतिको क्षतिपूर्तीको लागी जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्