विप्लव समूहका नेता बास्तोलाले भने : बन्दी नेता कार्यकर्तालाई रिहा गरे वार्ताका लागि तयार छौं



काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर वार्तामा बस्नुपूर्व सरकारले अफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा छुटेपछि अदालत परिसरमा कुरा गर्दै वास्तोलाले भने, हाम्रो पार्टी वार्ताद्धारा राजनीतिक समाधान निकाल्न तयार नै छ ।

यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भएको उनले बताए । वास्तोलाले अघि भने, यदि सरकारले वार्ता गर्ने हो भने भने हामी हाम्रो एजेण्डा राख्छौं ।

प्रतिक्रिया दिनुहोस्