सर्वोच्चले संविधान हेरेर फैसला गर्छ : पन्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाल दलित मुक्ति संगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पन्तले सर्वोच्चले संविधान हेरेर फैसला गर्ने विश्वास व्यक्त गरे ।

जनतालाई जागरुक बनाउन र संसद पुनस्र्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्