प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च आदलत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्