ओली पक्षीय युवा संघमा चर्को विवाद, बादल समूहले भन्यो : ‘केन्द्रिय सदस्यहरुको सपथ ग्रहण अबैधानिक हो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको युवा संगठन, राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनमा विवाद भएको छ । बादल पक्षका युवा नेता विरु तामाङ ‘सुदिप’ले भोलि हुने भनिएको राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यहरुको सपथ ग्रहणमा सहभागी नहुन सबैमा आग्रह गरेका छन् ।

नेता विरु तामाङले भने ‘भोलि हुने भनिएको राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यहरुको सपथ ग्रहण भनेर विभिन्न जिल्लाहरुमा सम्पर्क गरेको खबर आएको हुनाले यो आधिकारिक र बैधानिक नभएको र यस्ता गुटगत कार्यमा संलग्न नहुन सबैमा आग्रह गर्दछु ।’

गृहमन्त्री रामबहादुर थापा बादल पक्षीय युवाले बहिष्कार गरेको युवा संघको केन्द्रीय कमिटी बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष बनाएपछि विवाद सतहमा आएको हो । यसअघि नेकपा ओली समूहको राष्ट्रिय युवा संघको अध्यक्षमा बच्चन बहादुर सिंह चयन भएका थिए ।

युवा संघको दोश्रो पुर्ण बैठकले यस अघि अध्यक्ष रमेश पौलेललाई जिम्मेवारीबाट हटाउँदै सिंहलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेकपा दुई धारमा विभाजित भएपछि बसेको युवासंघको दोश्रो भेलाले नै यस अघि संयोजक रहेका राम प्रसाद सापकोटा दिपशिखालाई कारबाही गरी संयोजकबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्